हामी परिक्षण प्रसारणमा छौ

हरेक तप्कामा नेतृत्व हस्तान्तरण आबश्यक छ  : नेता शाह

‘सल्यान जिल्लामा ४८ सालदेखि एउटै व्यक्ति सांसद हुने दिन गए’



सल्यान ।  केपीशर्मा ओली समूह सम्बद्ध नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाहले हरेक तह र तप्कामा अब युवामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

सल्यान सदरमुकाम खलंगामा मंगलबार भएको नेकपा केपी ओली समुह सम्बद्ध युवा तथा विद्यार्थी संगठनहरुको भेलालाई सम्बोधन गर्दै शाहले सल्यान जिल्लामा जहिल्यै एउटै व्यक्तीले मात्र नेतृत्वको लागि अबसर पाईरहेकोले अब त्यसलाई तोड्न आबश्यक रहेको जनाए । प्रचण्ड माधव नेपाल सम्बद्ध सल्यानका नेता प्रकाश ज्वाला तर्फ लक्षित गर्दै नेता शाहले अब सल्यानमा ४८ सालदेखि सभासद हुनेका दिन जाने र नयाँ पुस्ता आउने बताए ।

उनले प्रश्न गर्दै भने, ‘सल्यानमा युवा नेता कोहि नभएको होर ? किन सधै एउटै व्यक्ती मात्र उम्मेदवार बनाइन्छ ? एउटै व्यक्तीलाई मात्रै विभिन्न अबसरमा किन पुग्ने काम गरिन्छ ? पार्टीको माथिल्लो तहमा पुर्याइन्छ ? अब त्यसो हुन नदिन पनि नयाँ पुस्तालाइ अघि बढ्न दिनुपर्छ ।’

कार्यक्रममा युवा विद्यार्थीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै युवाहरु कोहि पनि नआत्तिन आग्रह गर्दै नेता शाहले निर्वाचन आयोगले आधिकारिक पार्टी र चिन्ह आफुहरुलाइ नै दिने र त्यसपछि सल्यानमा आफ्नो तर्फ कार्यकर्ताको ठुलो पंक्ति रहने जानकारी दिए ।

उक्त कार्यक्रममा ओली सम्बद्ध केन्द्रीय सदस्यहरु लोक बहादुर डाँगी, गोविन्द पुन लगायतले ओली सरकारको बचाउँ गर्दै सरकारलाई तिन वर्ष सम्म पनि राम्रोसँग काम गर्न नदिएकोले सरकारले बाध्य भएर संसद विघटन गरेको बताएका थिए ।

भेलाले रुपक बुढाको संयोजकत्वमा १ सय ३५ सदस्यीय युवा संघ जिल्ला सम्मेलन आयोजक समिती र राम बहादुर केसीको संयोजकत्वमा १ सय १ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक समिती समेत गठन गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार, ,  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्