हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । आज बिहान पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेति नदि खोचमा यति एयरलाइन्सको जहाज  दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले पुष्टि गरेको छ ।

आज बिहान काठमाडौं बाट ६८ यात्रु र चालक दलका चार जनालाई बोकेर उडेको उक्त जहाज पोखरा विमानस्थलमा ल्यान्ड गर्ने अन्तिम तयारी गर्दागर्दै दुर्घटनामा परेको थियो।विमानमा ४ जना चालक दलका सदस्य थिए । नागरिक उड्यन प्राधिकारणका अनुसार जहाजमा क्याप्टेन कमल केसी, चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए ।

उक्त विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र एक फान्सेली नागरिक हवाई  यात्रामा थिए ।

घटनाबारे थप विवरण प्राप्त गर्न यति एयरलायन्समा कार्यरत आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच आज आकस्मिक रुपमा बसेको मन्त्री परिषदको बैठकले विमान दुर्घटनामा परि ज्यान गुमाएका प्रति शोक बिदाका लागी देशभर भोली सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार, ,  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्