हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सोमबार सत्ता गठबन्धन दहहरुबिच सहमति जुटेसँगै आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने बताइएको छ ।

दलहरुबिच भएको सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालय पाउने दहरुबिच सहमति जुटेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक थप ४ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले  ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ।यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति जुटेको छ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

स्रोतका अनुसार एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने गरि दलहरुबिच सहमति जुटेको हो । यस्तै नेकपा माओवादी केन्द्रले भौतिक  पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने भएको छ ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने जनमत पार्टीले उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाउने गरि सत्तारुढ दलहरुबिच सहमति जुटेको छ ।

सञ्चारकर्मि संग सोमबार राति कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले मङआज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रमका लागी सरकारले रास्ट्रपतिलाई जानकारी गराएको बताउनु भयो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार, ,  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्