हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । नेपालकाे संबिधानकाे धारा १६८ काे उपधारा ९ बमाेजिम मन्त्रालय बाँडफाट तथा हेरफेर अनुसार नेकपा माओबादी केन्द्र र नेकपा एमालेकाे सहमतीमा मन्त्रीमण्डल गठन भएसंगै कर्णाली प्रदेश सरकारले पुर्णता पाएकाे छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले केहिबेर अघि आफ्नो मन्त्री मण्डलमा थप गरिएका मन्त्रीहरुको नाम र जिम्मेवारी प्रदेश प्रमुखलाई सिफारिस सिफारिस गर्नुभएको छ।जसअनुसार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुर्खेतका कृष्णबहादुर जिसी, भुमि ब्यवस्था,कृर्षी तथा सहकारी मन्त्रालयमा सल्यानका भिम प्रकाश शर्मा, भाैतिक पुर्वाधार उर्जा तथा जलश्राेत मन्त्रालयमा मुगुका मंगलबहादुर शाहीले जिम्मेवारी पाउनु भएको छ ।

यसैगरी सत्तारुढ नेकपा एमालेबाट आर्थिम मामिला तथा याेजना मन्त्रालयमा दैलेखका विनाेद कुमार शाह, सामाजिक विकास मन्त्रालयमा जुम्लाका टेकराज पछाईं र उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मुगुका जितबहादुर मल्लले जिम्मेवारी पाउनु भएको छ ।

गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रुकुम पश्चिमका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा रुपमा नियुक्त गर्नुभएको थियो।

नयाँ मन्त्रीहरुको शपथ आज (बुधबार) साँझ ६ बजे कर्णाली प्रदेश शभाहलमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार, ,  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्