हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत। राकम बृहत लिफ्ट खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक लेखा परिक्षण तथा प्रथम वार्षिक साधारण सभा सिम्ता गाउँपालिका -६,राकममा आज बिहिवार सम्पन्न भएको छ ।

कर्णाली प्रदेशसभा सदस्य खड्क पोखरेलको प्रमुख आतिथ्यता र सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द को विषेश आतिथ्यतामा तथा निवर्तमान गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसी,वडा नम्बर ६ का वडा अध्यक्ष गुलाब सिंह ठकुरी, ६ वडाका निवर्तमान वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीको आतिथ्यतामा भएको कार्यक्रम समितिका अध्यक्ष मोहन शाहिको अध्यक्षतामा सम्पन्न भएको हो ।

कुल लागत पुंजी १ करोड ९२ लाख ७६ हजार ३सय ५८ को लागतमा सम्पन्न भएको योजना ३ सय १ घरधुरीमा एक घर एक धारा निर्माण भएका छन। सिम्ता गाउँपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास,नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक नेपाल) को समन्वयमा योजना सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार, ,  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्