हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णालीमा कृषि क्षेत्रको विकासका लागि जलवायु अनुकूलन मैत्री योजना निर्माण हुने भएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले दुई दिने प्राङ्गारिक कृषि तथा जलवायु अनुकूलन कृषि प्रविधिहरू विषयक अन्तरक्रियाको समापन कार्यक्रममा प्रदेशको कृषि समृद्धिमा जलवायु अनुकूलन मैत्री योजना निर्माण निर्माण बताउनु भएको हो।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा दुई दिने प्राङ्गारिक कृषि तथा जलवायु अनुकूलन कृषि प्रविधिहरू विषयक अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशको कृषि पशु तथा मत्स्य लगाएतका कार्यक्रमलाई एकीकृत गरी प्रदेशको कृषि समृद्धिमा साझेदार संस्थाले लगानी गरेता पनि अर्थ पुर्ण नभएकोले प्रदेश संग समन्वय गरी बृहत योजना निर्माण गर्न आबश्यक भएको मन्त्री शर्माको भनाइ छ।

जीवीको पार्जन तथा टुक्रे खेती प्रणाली बाट कृषिमा आत्मनिर्भता नहुने भएकाले यसका लागि चखलाबन्दी खेती गर्न किसानलाई प्रोत्साहन गर्दै मौसम समय र उत्पादन मा जलबायु अनुकूलन मैत्री खेति प्रणालीमा जोड दिने शर्माले बताउनु भयो।

कर्णालीका अरगानिक खाद्य बस्तु उत्पादन तथा उपभोगमा मन्त्रालयबाट निती बनिसकेको भएता पनि यसको कार्यान्वयनका लागि छिटै नियमावली निर्माण हुने मन्त्री शर्माको दाबी रहेको छ। कर्णालीमा उत्पादन हुने रैथाने बालीको विकासमा जलवायु परिवर्तनले असर पारेकाले यसको अनुकूल संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा योजना बनाएर लागु गरे जलवायु परिवर्तनलाइ केही न्युनिकरण हुने मन्त्री शर्माको दाबी छ।

smart

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार, ,  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्