हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रतिनिधि सभा सदस्य तथा नेकपा एकीकृत समाजबादीका उपमहासचिव प्रकाश ज्वालाको पहलमा सल्यानका विभिन्न स्थानीय तहमा स्वास्थ्य उपकरण वितरण गरिएको छ  ।

सल्यानका स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सम्बन्धी उपकरण नहुदा समयमै छिटो छरितो उपचार गर्नमा समस्या हुने समान्य एक्सरे गर्न समेत सुविधा सम्पन्न ठाउमा लैजानु पर्ने र स्थानीय सेवा ग्राहीलाई आर्थिक भार पर्ने समस्यालाई मध्यनजर गर्दै सांसद ज्वालाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति तथा व्यवस्थापन महाशाखा लाई अनुरोध गरेपछि मन्त्रालयले  भिडियो एक्सरे मेसिन  लगायत १० किसिमका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको जनाइएको छ ।

उपकरणहरू बिहिवार जिल्लाका शारदा नगरपालिका,  बनगाड कुपिण्डे नगरपालिका,कपुरकोटगाउँपालिका, त्रिवेणी गाउँपालिका र सिद्धकुमाख गाउपालिका वितरण गरिएका छन् । यसैगरी बागचौर नगरपालिकामा यस अघि नै स्वास्थ्य सामाग्री पुगिसकेको र अन्य  गाउँपालिकाहरूमा छिटोभन्दा छिटो पठाइने प्रतिबद्धता समेत सांसद प्रकाश ज्वालाले जनाउनु भएको छ ।

सांसद ज्वालाले सामाजिक सञ्जाल फेसबुक मार्फत  नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा आपूर्ति तथा व्यवस्थापन महाशाखालाई धन्यबाद समेत दिनुभएको छ  ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार, ,  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्