हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश  शर्मा प्राबिधिक टोली सहित किसानको बारीमा देखा परेको समस्याबारे बुझ्न् आफै अनुगममा निस्कनु भएको छ ।

मन्त्री शर्मालाई सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं-९ आलाचौरका कृषक करसिहँ बढाको टोलीले हिजो शुक्रबार फौजी किराले ९ हेक्टरको जमिनमा लगाएको गहुँ वाली नष्ट भएको भन्दै मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको थियो ।

किसानको सोही गुनासो सम्वोधन गर्न आज कृषि मन्त्रीको अग्रसरतामा एकिकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वाली संरक्षण विज्ञ वेद प्रसाद चौलागाई, कृषि प्रयोगशालाको प्राविधिक कर्मचारीहरुले उक्त क्षेत्रमा पुगी  समस्या पहिचान गरिएको छ ।

अन्न भण्डारको रुपमा रहेको अलाह चौरको ९ हेक्टर जग्गामा लगाएको झन्डै  तिन सय  घरधुरी  किसानको गहुँबाली फौजीकिराले नष्ट गरेको पाइएको छ।

प्रयोगशाला प्रमुख रावतले किसानको गहुँवालीमा भएको मुख्य समस्या फौजी किराको समस्या भएको बताउनु भयो । पहिचान भएको समस्या समाधानको लागि किटनाशक विषादी प्रयोग गर्न किसानलाइ सिफारिस गरिएको छ। उक्त समस्या व्यवस्थापनका लागि एकिकृत कृषि प्रयोगशालाको प्राविधक टाेलीले क्लोरो साईपरमेथ्रीन नामक विषादी २ मिलिलिटर प्रति लिटर पानीमा मीसाएर साँझ पख छर्ने सुझाव दिएका छन ।

मन्त्री शर्माको अग्रसरतामा समस्याग्रस्त उक्त क्षेत्रमा भएको अनुगमनमा  ९ नम्वर  वडा अध्यक्ष, कृषक समूह तथा सहकारीका प्रतिनिधिको उपस्थितिमा अभियान मूलक वालि संरक्षण सेवा प्रदान गरिएको छ। यस्तै दिनानुदिन ‍गहुँवाली नष्ट भएपछि चिन्तिन भएका किसानले मन्त्री शर्माको अनुगमनले केही राहत महसुस गरेको स्थानीय बासिको भनाइ रहेको छ।

smart

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार, ,  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्