हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानकाे बागचाैर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाट बितरण गर्ने भएको छ ।

आज नगरपालिका भित्र संचालित विभिन्न बैंकका प्रमुखहरु संग छलफल गरी बैंक सम्म आउन नसक्ने अशक्त , जेष्ठ नागरिकहरुलाइ वडा कार्यालयमै गएर बैंक कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितीमा भत्ता बितरण गर्न लागिएको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताउनुभयो ।

आफू निर्वाचित हुनुभन्दा पहिले चुनावमा प्रतिबद्धता गरे अनुसार सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट बितरण गर्न थालिएको नगर प्रमुख गाैतमले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण हुँदा धेरै भिडभाड हुने, जेष्ठ नागरिक ,अशक्तलाई बैंकसम्म आउजाउ गर्न समेत सास्ती हुने गरेको र धेरै रकम खर्च हुने गरेको जनगुनासो रहेको उहाँले बताउनुभयो। घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा सम्म हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अब अन्त्य हुने उहाँको भनाइ छ । बागचाैर नगरपालिकाले वडा बाटै र अति अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उहाँले बताउनुभयो ।

नगरपालिका भित्रका नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक र मुक्तिनाथ विकास बैंकले नगरका १२ वटै वडा कार्यालय बाट अबको केही दिन भित्रै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरि काम अगाडि बढाएको बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले जानकारी दिनुभयो ।
हाल बागचाैर नगरपालिकाका १२ वटा वडा भित्र कुल ६६३६ जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएको बागचौर नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार, ,  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्