हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुर चेम्बरले गत बर्ष तुलसीपुरमा लगाएको महोत्सवको हिसाब सार्बजनिक गरेको छ ।

बिहिवार आज तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा एक पत्रकार सम्मेलन गरेर गत महोत्सवमा भएको हिसाब सार्बजनिक गरेको हो।अघिल्लो बर्ष पुस १ देखी १२ सम्म तुलसीपुरमा लागेको महोत्सवको हिसाब आज सार्बजनिक गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीले आफुहरु अहिलेसम्म ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ मा घाटामा रहेको बताउनु भयो।

‘हामीले महोत्सवमा कुल ४३ लाख ७१ हजार ६ सय ३७ आम्दानी गरेको अवस्था छ भने महोत्सवको कुल खर्च ४७ लाख ६९ हजार भएकोले अहिले हामि र हाम्रो संस्था ३ लाख ९७ हजार ३ सय ६३ रुपैयाँ मा घाटामा रहेको छ।’ चेम्बर अध्यक्ष टोप बहादुर घर्तीले पत्रकार सम्मेलनमा भन्नुभयो।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु अधिकारी, कोषाध्यक्ष सन्तोष खड्का, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य युवराज नेपाली,ब्यबसायि लोकेन्द्र वली लगायत चेम्बर अफ कमर्सका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो। हेर्नुहोस् हिसाब :

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार, ,  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्