हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कुमाख गाउँपालिकामा कुमाख गाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ।

यहि माघ २५ देखि सुरु हुने प्रतियोगिता वडा नम्बर -२ मा रहेको नारायण मावि रुमाल गाउँमा हुने उक्त रनिङ्ग शिल्ड प्रतियोगितामा नियमित रुपले अध्ययनरत १८ बर्षमुनिका छात्र/छात्राले सहभागिता हुन पाउने आयोजकले जनाएको छ।

यहि माघ २५ देखि २८ गते ४ दिन सम्म हुने रनिङ्ग शिल्डमा पालिकाभित्रका ११ माध्यमिक विद्यालयले सहभागिता जनाउने गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले सल्यानन्युज लाई जानकारी दिनुभयो । रनिङ्ग शिल्डमा सहभागि विद्यालय तथा विद्यार्थीले पालना गर्नुपर्ने ५ वटा नियम बनाइएको र उक्त नियमहरु खेलाडीले पालना गर्नु पर्ने चन्दले बताउनु भयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायतका विभिन्न खेलहरु हुनेछन् ।माघ २३ गते कार्यालय समय भित्र गाउँकार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखामा सहभागी दर्ताको लागि आबेदन आईपुग्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

तोकिएको समय अबधिभित्र नाम दर्ता नगराउने बिद्यालयलाई प्रतियोगितामा सहभागी नगराइने गाउँपालिकाले बताएको छ । हेर्नुहोस् यो सूचना:

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार, ,  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्