हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दाङको तुलसीपुरबाट रुकुमको नुवाकोटतर्फ जादै गरेको फोर्स गाडी बागचौरमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

गएराति बागचौर नगरपालिका वडा नम्बर-४,दुध्लाबोट नजिक दाङ तुलसीपुरबाट रुकुमको नुवाकोटतर्फ जादै गरेको लु १ ख ६२७१ फोर्स गाडी दुर्घटना हुँदा सोहि गाडीका सहचालक हरि वली घाइते भएको र चालक सम्पर्कमा नआएको स्थानीय सरस्वती माबि पेदिखोलाका शिक्षक दुर्गा बहादुर बोहराले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

राति १२ बजे सल्यानको बाँगेलाखुरिबाट सिमखोलि तर्फ गाडी हिड्दा चालक र सहचालक मात्र गाडीमा रहेको आफुहरुले पाएको प्रहरी चौकी सिमाखोली बाँगेलाखुरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान सुरु भएको र चालक सम्पर्कमा नआएको जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार, ,  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्