हामी परिक्षण प्रसारणमा छौ




सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको रुपमा मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई दिने निर्णय गरेको छ। 

यस्तै  एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने, फागुनदेखि मन्त्रिपरिषद्को बैठक प्रत्येक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार, ,  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्