हामी परिक्षण प्रसारणमा छौ




सल्यान। सल्यानको बनगाड कुपिन्डे नगरपालिका ३ औलबेशीमा रहेको मुक्ती माध्यमिक विद्यालयको २७ औ अभिभावक भेला सम्पन्न भएको छ । बुधबार ३ नम्बर वडाध्यक्ष धन बहादुर पुन र २ नम्बर वडाध्यक्ष मानबहादुर खत्रीको उपस्तिथिमा अभिभावक भेला भएको हो ।


अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति, तथा शिक्षक अभिभावक संघ गठन गरेको विद्यालयका प्रअ नोखराज बिएमले जानकारी दिनुभयो ।उहाँका अनुसार भेलाले टेक बहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा ठेरो महतारा , नैनी पुन , धनसरा पुन, धने बुढा , लाली पुन , सदस्य सचिव विद्यालयका प्रधानाध्यापक नोखराज बिएम शिक्षक प्रतिनिधि अकवर बहादुर पुन र पदेन सदस्य वडा अध्यक्ष धन बहादुर पुन चयन भएको बताइएको छ।त्यसैगरि तुल्सी पुनको संयोजकतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।

कार्यक्रममा बोल्दै ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुनले गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासमा अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन अभिभावक लाई आग्रह गर्नुभयो । विद्यालय निर्माणमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्रअको मात्र जिम्मेवारी नभए अभिभावकको बढी भूमिका हुनुपर्ने वताउनु भयो ।


कार्यक्रममा विद्यालयका लेखापाल वीर बहादुर पुनले विद्यालयको आय व्यय तथा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै आगामी दिनमा आम सरोकारवालाहरुको सहयोगमा विद्यालय बनाउन सकिने कुरामा जोड दिनुभयो ।

निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनकाे अध्यक्षतामा भेला सम्पन्न भएको थियो । शिक्षक अकबर बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको संचालन बिधालयका प्रअ बिएमले गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार, ,  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्