हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ।

सुदूरपश्चिम जानेक्रममा बिहीबार सुर्खेत आउनु भएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले देशमा आर्थिक तरला देखाउदै समस्या भएकाले सरकार अहिले सामाजिक न्याय सहितको आर्थिक समृद्धि तर्फ अग्रसर भएको बताउनु भयो।

पत्रकारहरु संग कुरा गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले सरकार निर्माणपछि आफूहरू नीति तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर काम गरिरहेको बताउदै अहिले सरकार र सरकारमा भएका दलहरूले संविधान, स्वाधिनताको रक्षा, देशको समृद्धि, शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्नुपर्ने कार्यभारसहित अगाडि बढेको बताउनु भयो।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज कालीबहादुर मल्ल ,प्रदेश अध्यक्ष बिमला केसी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सुर्खेत विमान स्थलमा स्वागत गर्नुभएको थियो।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, भाैतिक पुर्वाधार यातायात उर्जा तथा जलश्राेत मन्त्री मंगल बहादुर शाही, राज्य मन्त्री उर्मिला बिश्वकर्मा लगायत पार्टीका अन्य नेता कार्यकर्ताले उपप्रधानमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार, ,  ३ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्