हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । नाबालिक बलात्कार मुद्दाको आरोपमा जेलमा रहनु भएका कलाकार तथा नायक पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ।

अधिवक्ता कमला मोहन वाग्लेलेका अनुसार यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै अदालतले आइतबार पल शाहलाई सफाइ दिएको हो ।  

आइतबार उच्च अदालतको फैसला आएसंगै अब नायक पल शाह जेलमुक्त हुनुहुनेछ। तनहुँ जिल्ला अदालतले समेत यसअघि नै शाहलाई निर्दोष ठहर गरेको थियो। शाह विरुद्ध एकै ब्यक्तिको नामबाट तनहुँ र नवलपुर जिल्लामा बलात्कारको उजुरी दर्ता भएको थियो।

नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट दायर गर्नुभएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार, ,  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्