हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं।उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक-नगरकोट सडकको अनुगमन गर्नुहुने भएको छ। अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ।

बिहान नौ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिईएको छ। सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न हुननसकेको रुग्ण आयोजना हो यो। निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेको र सरकार तथा निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेको परिस्थितिबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण माग्दा चैत्र मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने वचनबद्धता निर्माण कम्पनीले जाहेर गरेको थियो।

त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुनलागेको हो। यो आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार, ,  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्