हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको शारदा नगरपालिकामा एफएम रेडियो दर्ता भएको छ । स्थानीय सरकारले रेडियो दर्ताको कार्यविधि बनाएको झण्डै ५ बर्ष पछि कुमाख मिडियाले तहल्का एफएम नामक इजाजत पत्र लिएको हो । 

उज्यालो संचार केन्द्रले संचालनमा ल्याएको रेडियो तहल्कासंग सहकार्य गर्ने गरी कुमाख मिडियाले तहल्का एफएमका नाममा नयाँ फ्रिक्वइन्सी लिइएको संचालक डिल्लीराज रावतले सल्यानन्युजलाई बताउनु भयो । 

नयाँ फ्रिक्वइन्सीको लाइसेन्स हस्तान्तरण गर्दै नगर प्रमुख प्रकाश भण्डारीले समाजका हरेक तहसम्म पुग्ने रेडियोहरुको सबैले रक्षा र विकास गर्न जरुरी रहेको बताउनु भयो। नगर प्रमुख भण्डारीले समाजमा जुन क्षेत्रमा लागिन्छ त्यसमा राम्रो गर्नुपर्ने भन्दै डेढ दशक देखि पत्रकारीतामा अनवरत लागेकोमा रेडियो संचालक रावतलाई धन्यवाद दिनुभएको छ । 

जिल्लाका संचारमाध्यम र पत्रकारसंग सहकार्य गर्दै आइरहनुभएका भण्डारीले आफुले आस्थाका आधारमा भेदभाव नगर्ने भन्दै पहुचका आधारमा काम गर्नुपर्ने अवस्था हुन नहुने बताउनु भयो।

नगर प्रमुखको कार्यकक्षमा भएको इजाजतपत्र हस्तारण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाधर ववाल, वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बुढा, योजना शाखा अधिकृत केशव बुढाथोकीको समेत सहभागिता रहेको थियो ।  

कुमाख मिडिया ग्रुप र उज्यालो संचार केन्द्रको सहकार्यमा रेडियो तहल्का एफएम ९० थोप्लो ७ सल्यान खलंगा र ९१ थोप्लो ९ कुमाखको काख पुतलिवासबाट प्रशारण हुनेछन । जसले सल्यान लगायत छिमेकि जिल्लाहरुमा पनि प्रशारण पहुच राख्ने संचालक डिल्लीराज रावतको दाबी छ। 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार, ,  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्