हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुरको बिरेन्द्र चोकमा शोमबार २९९ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर‐ ३, को आयोजनामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तिलक बहादुर बस्नेत, रोमहर्ष भन्डारी ,जिल्ला अध्यक्ष हंसराज केसीले पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए । उनीहरुले शाहले विभिन्न टुक्रामा रहेको नेपाललाई एकढिक्का पार्ने महान कार्य गरेको भन्दै उनको कामको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिने समय आएको बताएका थिए ।

क्षेत्रिय अध्यक्ष प्रेम बहादुर शाहको अध्यक्षता एवम् पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य टोप बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टिका एन आर एनका विश्वदेव शाह,जेष्ठ नागरीक ललित ओली, शान्तिनगर युवा संघका अध्यक्ष कर्ण देव देवकोटा लगाएतकाले पुथ्वी नारायण शाहको चर्चा गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण राप्रपा दाङ क्षेत्र नम्बर ३ (ख) का सभापति सुरेन्द्र जि.सी (गोपाल) ले गरेका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार, ,  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्