हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं ।ठेकेदारको उपेक्षाको कारण कमलविनायक -नगरकोट सडक मर्मत समयमै बन्न नसकेको भन्दै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अब नसहने बताउनु भएको छ ।

बिहिवार कमलविनायक -नगरकोट सडकको स्थलगत निरीक्षणमा जानुभएका श्रेष्ठले अरु कारणले सडक मर्मत ढिलो नभएको यसमा ठेकेदारले उपेक्षा गरेको देखिएकोले अब सरकारले नसहने बताउनु भयो ।

कमलविनायक-नगरकोट सडक मर्मतका लागि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाए पछि पटक-पटक म्याद थप्दा समेत काम समयमै सम्पन्न नहुँदा ब्यापक जनगुनासो पछि मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले बिहीबार बिहानै देखि सडकको अबस्थाबारे स्थलगत अनुगमन गरेको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार आज कमलविनायक देखि नगरकोटसम्मको सडक मर्मतको अबस्था को स्थलगत अनुगमन हुनेछ ।कमलविनायक-नगरकोट सडक मर्मतका लागि भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सडक अनुगमन टोलीमा सहभागी रहनुभएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार, ,  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्