हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जित्न सफल भएको छ ।

यहि फागुन १५ देखि १८ गते ४ दिन सम्म सञ्चालित प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड हात पारेको आयोजक जिल्ला खेलकुद बिकास समिति सल्यानले जानकारी दिएको छ ।

त्येसैगरी ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो स्थान हात पार्यो , भने ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो स्थानमा चित्त बुझाएको छ । यस्तै ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यसैगरी शिल्ड प्रतियोगितामा बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कास्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कास्य, त्रिवेणी गाउँपालिकाले ४ कास्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ कास्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्य, र कालिमाटी गाउँपालिकाले १ रजत र १ कास्य हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तहको सहभागिता जनाएका बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार, ,  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्