हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

काठमाडौं । हुन्डाइ मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ । जसको मतलब हरेक वर्ष १४ दशमलब ३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै इन्टरब्राण्ड २०२० को ग्लोबल ब्राण्ड श्रेणी अन्तर्गत हुन्डाइ मोटर सर्वोत्कृष्ट ५ अटोमोटिभ ब्राण्ड बनेको छ ।

कम्पनीका अनुसार सन् २००५ पछि पहिलो पटक हुन्डाइ अटोमोटिभ ब्राण्डको ५ औं श्रेणीमा पर्न सफल भएको छ । कुलमा ३६ औं ब्राण्डमा पर्न सफल बनेको हुन्डाइ मोटर कम्पनीले जनाएको छ । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० का अनुसार हुन्डाइ मोटर कम्पनीले अटोमेकरहरूमाझ आफ्नो ग्लोबल ब्राण्ड प्रतिष्ठा र मूल्य वृद्धि गर्दै आएका छन् ।

 

एक सर्भेको अनुसार हुन्डाइ मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष झण्डै एक प्रतिशतले निरन्तर वृद्धि हुँदै गएको छ ।
सन् २००५ बाट टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाइ, गत १५ वर्षदेखि लगातार प्रगति गर्दै आइरहेको ब्राण्डमा हुनुका साथै हरेकबर्ष उत्कृष्ट सयको सूचीमा पर्न सफल भएको छ ।

 

पछिल्लो समय हुन्डाइ मोटर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा समेत लगानी गरेसँगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई सम्बोधन गरेको जानकारी दिएको छ । स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी ९ ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गर्न सफल हुन्डाइले यस वर्षमात्र झण्डै ५० थप त्यस्तो ट्रक बजारमा पठाउने गृहकार्य सुरु गरीसकेको प्रष्ट पारेको छ ।

 

यसैगरी हुन्डाइले २०२१ सम्ममा उक्त ट्रकको उत्पादन क्षमता बढाई हरेक वर्ष कम्तिमा २ हजार ट्रक उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । पहिलो चरणमा कम्पनीले आफ्नो उत्पादनको मुख्यबजार युरोप, अमेरिका साथै चीन लगायत देशलाई लक्षित गरेको समेत जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २३ बजे

प्रतिक्रिया दिनुहोस्