हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न नसकिने दाबी गर्नुभएको छ।

पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढिकरण तथा विस्तार अभियान) अन्तर्गत शनिबार सल्यान सदरमुकाम खलंगामा आयोजित जिल्लास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा भट्टराईले वहुलवाद आफुहरुको प्रतिवद्धता भएको बताउनु भएको छ। पूर्व पर्यटनमन्त्री समेत रहनुभएका भट्टराईले पछिल्लो समय माओवादी केन्द्र तिब्र रुपमा ओरालो लागिरहेको दाबी गर्नुभयो ।

अव प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व गरे पनि माओवादी पार्टी उकालो लाग्ने कुनै आधार नरहेको भट्टराईको भनाई रहेको थियो। ‘अहिले पुजीवादी वर्ग र श्रमजीवी वर्गको मुख्य प्रतिष्पर्धा छ । समाजवादी पार्टी र पुजीवादी पार्टीको प्रतिष्पर्धा छ,’ सचिव भट्टराईले भन्नुभयो,‘काग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न सकिदैन । उसले तल्लो वर्ग र मध्यम वर्गको हितमा काम गर्दैन,त्यस अनुसारको नीति ल्याउँदैन ।’

पार्टीको केन्द्रीय सचीव समेत रहनु भएका भट्टराईले माओवादीले समेत कांग्रेसलाई रोक्न नसक्ने भएकोले त्यसका लागि नेकपा एमालेलाई नै बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । पार्टीको मिसन ग्रासरुटलाई वस्तीस्तरसम्म अझ प्रभावकारी ढंगले सुचारु गर्न निर्देशन दिदै केन्द्रीय सचिव भट्टराईले यस अभियानले नेकपा एमालेको पार्टी कमिटीलाई  चलायमान बनाउन र कार्यकर्तामा उर्जा भर्न महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।

नेकपा (एमाले) सल्यानका अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु मोहन बाँनीया, गुलावजंग शाह ले निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो। पार्टीका जिल्ला उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्टी सचिव ओज बहादुर बुढाथोकीले गर्नुभएको जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार, ,  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्