हामी परिक्षण प्रसारणमा छौ



सल्यान । “आर्थिक,सामाजिक, साँस्कृतिक तथा देश विकास हाम्रो सान, कुपिण्डे दह बनगाड वासीको पहिचान” भन्ने मुल नाराका साथ सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको १२ औं नगर सभा मङ्गलबार सम्पन्न भएको छ । नगरपालिकाको १२ औं नगर सभाले चार कार्यविधि पारित गरेको छ ।

नगर सभाले बजेट रकमान्तर तथा शिर्षकान्तर सम्बन्धमा, बनगाड कुपिण्डे नगरपालिकाको जलस्रोत विधेयक २०७९, बनगाड कुपिण्डे नगरपालिकाको नगर प्रहरी विधेयक २०७९ सम्बन्धमा र अन्य विविध विषय सम्बन्धमा छलफल पश्चात् कार्यविधिहरु पारित गरेको प्रबक्ता धन बहादुर पुन मगरले जानकारी दिनु भयो ।

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षतामा भएको सभामा वार्षिक बजेट तथा कार्यक्रमको संशोधन बजेट उप-प्रमुख पुरुषोत्तम आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु लगायतको उपस्थिति रहेको बताइएको छ ।

सबै योजनाहरु चैत्रको २५ गते सम्म सम्झौता गरेर काम अगाडि बढाउने निर्णय गरेर पारित समेत गरिएको प्रबक्ता पुनमगरले बताउनु भयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार, ,  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्