हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत पाउनु भएको छ।

सोमबार आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको थियो । 

जसअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदले मतदान गर्नुभएको छ। यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले एमाले, राप्रपा र नेमकिपाबाहेकका सबै दलको तर्फबाट विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन फेरि एकजुट बनेको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार, ,  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्