हामी परिक्षण प्रसारणमा छौ



सल्यान। घरकाे छतबाट खस्दा सल्यानकाे श्रीनगरमा एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार दिउँसो साढे १२ बजेतिर शारदा नगरपालिका-१, दारिमचौर घर भएका ४४ वर्षीय डिल्ली बहादुर चनाराको घरकाे छतबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका -१,श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा काम गर्नलाई राखिएको झन्डै ६ फिट अग्लो बाँसको भर्‍याङबाट एक्कासी चिप्लिदा चनारा गम्भीर घाइते हुनुभएको थियो।

उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा चनाराको बाटोमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार, ,  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्