हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सल्यानमा २०६८ सालको जनगणना भन्दा २०७८ मा जनसंख्या घटेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ३४ जिल्ला मध्ये सल्यानमा वार्षिक जनसंख्या वृद्धिदर माइनस –०.१६ प्रतिशतमा झरेको छ ।

सल्यान सहित नेपालका ७७ मध्ये ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । जसअनुसार २०६८ मा सल्यानको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय ४४ रहेकोमा २०७८ मा आएर करिब –०.१६ प्रतिशतले घटेर २ लाख ३८ हजार ५ सय १५ मा झरेको पाइएको छ। यसरी सल्यानमा झन्डै १० बर्षको अबधिमा ३ हजार ९ सय २९ जनसंख्या कम भएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुहोस्

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार, ,  ५ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्