हामी परिक्षण प्रसारणमा छौ



सल्यान। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आज पहिलो दिनको परीक्षा बिहान ११ बजे सकिनेछ । 

यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइन बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका परीक्षाको सम्पन्न गर्नको लागि ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा समेत एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठकोको भनाई छ । 

सल्यान जिल्लाभरबाट ४ हजार ९ सय ८३ बिद्यार्थीले दिदै (एसइई)

यसैगरी आजदेखि सुरु भएर चैत २९ गतेसम्म सञ्चालन हुने यसबर्षको एसईईमा सल्यान जिल्लाभरबाट ४ हजार ९सय ८३ बिद्यार्थी सहभागि भएका छन् । जसमा छात्रा २ हजार ५९६ र छात्र २ हजार ३८७ जना परिक्षामा सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका अनुसार साधारण धारतर्फ २ हजार ४२६ छात्रा र २ हजार १८१ छात्र गरेर ४ हजार ६ सय ७ जना बिद्यार्थीले परिक्षा दिदैँछन् ।

यस्तै प्राविधिक धारतर्फ छात्रा १३३ र छात्र १७४ गरेर ३ सय ७ जना परिक्षामा सहभागि हुदैँ छन् । यस्तै ग्रेडबृद्धि तर्फ ३७ जना छात्रा र ३२ जना छात्र गरेर ६९ जना बिद्यार्थी परिक्षामा सहभागि हुन लागेका हुन् । यस्तै यसबर्ष सबैभन्दा धेरै शारदा माद्यामिक बिद्यालय शंखमुल परिक्षाकेन्द्रबाट २९४ जना बिद्यार्थीले परिक्षा दिदैँछन् ।

यस्तै सबैभन्दा कम निराजन माद्यामिक बिद्यालय ढोरचौर र जनज्योती माद्यामिक बिद्यालय फारुलाचौरबाट जम्मा ११५/११५ जना बिद्यार्थीले परिक्षा दिदैँ छन् ।सल्यानमा यसबर्ष २५ वटा परिक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्राविधिक सहायक तथा सुचना अधिकारी कपिल कुमार जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार, ,  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्