हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानको कुमाख गाउँपालिकाले वडा स्तरमै पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ । 

चैत्र २४ गते शुक्रबारबाट ७ नं वडाबाट शुरु भएको सार्वजनिक सुनुवाई १ नं. वडा कार्यालयमा पुगेर सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष लाल बहादु रावत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द र विभिन्न वडाका वडा अध्यक्षहरुले ले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुबाट उठेका सवालको जवाफ दिइरहनुभएको छ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि गाउँवासीहरुले वाटोघाटो, विधुत, खानेपानी, भवन निर्माण, मात्रै नभएर सामाजिक तथा मावन विकासको पनि जरुरी रहेको उल्लेख गरिरहेका छन ।सहभागिबाट उठेका प्रश्नहरुको जवाफ दिंदै गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गरेर आगामी दिनमा पालिका सरकार अघि बढ्ने बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले नितीगत कुरामा कुनै कतै त्रुटि कमजोरी भए सुधार गर्दै लैजाने बताउनुभएको छ ।नागरिकहरुको जवाफदेहिता दिने उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका अध्यक्ष, वडा सदस्य, शाखाका शाखा प्रमुख, वडा कार्यालयका कर्मचारीहरुको कार्यक्रममा उपस्थिती रहने गरेको छ ।

योजना अधिकृत मान बहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट संचालित विकासका कार्यक्रम, उपलब्ध सेवा र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन सार्वजनिक सुनुवाई गरिएको भन्ने कुरा प्रष्ट पार्नुभयो ।

कुमाख गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईको  सहजिकरण संचारकर्मि डिल्ली राज रावतले गर्नुभएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार, ,  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्