हामी परिक्षण प्रसारणमा छौ



सल्यान । राप्ती लोकमार्ग अन्तर्गत सल्यान खण्डमा सडक  सुधारको माग गर्दै सल्यानका युवाहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । धेरै पटक ठुलो रुपमा बजेट छुट्याउदा पनि समयमै  काम सम्पन्न हुनुको साटो दिनप्रतिदिन थप जीर्ण बन्दै गएकोले  आफुहरुले बाध्य भएर हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले जानकारी दिनुभयो । 

संयोजक ध्रुवराज वलीकाका अनुसार लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षा सहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय  दाङ घोराहीमा बुझाउने गरी हस्ताक्षर सङ्कलन अभियान चलाएको हो । वलीका अनुसार विशेष गरी राप्ती लोकमार्गको कपुरकोट-चोरखोला सडक जीर्ण बनेको हुँदा यसले सडक दुर्घटनाको जोखिम समेत बढाएकाले छिटोभन्दा छिटो सडक सुधारको माग राखी  शुक्रवारदेखि नै हस्ताक्षर अभियान सुरु गरिएको हो । 

प्रतिनिधिमूलक हस्ताक्षर सङ्कलन पस्चात प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालयमा सल्यानिको तर्फबाट ५ बुँदाको डेलिगेसन लिएर जाने युवाहरुको भनाइ छ । 

हाल राप्ती लोकमार्ग सुधारका लागि भन्दै विभिन्न १८ वटा ठेक्का लागेको छन् । जस मध्य ५ वटा ठेक्काको काम नभएर अझै अलपत्र परेको सडक डिभिजन कार्यालय दाङको भनाइ रहेको छ । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार, ,  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्