हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानको एक गाउँको स्थानिय युवा क्लबलाई विदेश बस्ने युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

बागचौर नगरपालिका वडा नं ५ सल्यान स्थित हरियाली युवा क्लवलाई विश्वका विभिन्न देशबाट सहयोग प्रदान गरिएको हो । उक्त क्लवले ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम तथा विविध खेलकुद प्रतियोगितात्मक कार्यक्रममा यस्तो सार्वजनिक गरिएको हो ।

विदेशमा बस्ने युवाहरुले आफ्नो गाउँको विविध विकासका निमित्त स्वतस्फूर्त रुपमा क्लबलाई आर्थिक सहयोग गरेको बताईएको छ । सहयोग अभियान बिदेशको संयोजक को जिम्मा अमेरिकामा बस्ने रवि के.सी. र स्वदेशको संयोजक को रुपमा टिकाराम के.सी. रहेका थिए । क्लबलाई करिव सवा २ लाख नगत आर्थिक सहयोग जम्मा भएको संयोजक टिकाराम के.सी. ले बताउनुभयो ।

जम्मा भएको रकम तथा स्थानीय श्रमदानबाट क्लवको एक कच्ची घर र अन्य सरसामान खरिद गरिएको संयोजक केसीको दाबी छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार, ,  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्