डि.सी.को अनसन जारी"/>
हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यान बागचाैर नगरपालिकामा भ्यू टावरको मुर्तिलाई बजेट नभएको भन्दै स्थानीय रुद्र मधु डि.सी अनसन बस्नुभएको छ ।

बागचौर नगरपालिका वडा नम्बर २ अग्ला टाकुरा भ्यू टावरमा रहेको मन्दिर नजिकै मुर्ति निर्माणमा आफुले बजेट माग गरेकोमा बजेट प्राप्त नभएको बताउँदै स्थानीय लस्तम निवासी रुद्र मधु डि.सी. अनसन बस्नुभएको हो ।

शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद हेट नजिकैको पिपल चौतारामा अनसनमा बस्नुभएका डि.सी.ले अघिल्लो वर्ष अग्ला टाकुरा भ्यू टावर छेउमा रहेको डाँगी जातिहरुको मन्दिरमा मुर्ति, ट्रस्ट घर, गेट, टिनका झलर, मुर्ति राख्ने ठाउँ, भित्री घेरबार, ४ वटा बोर्ड निर्माण गरेको उल्लेख गर्नुभएको छ।

यस्तै शारदा खोलाबाट बालुवा तथा गिट्टी,पानी बोकेको र १८ जना श्रमिकको ज्याला सहित २२ लाख ३० हजारको खर्च मध्य झन्डै ८ लाख चन्दा उठाएर तिरेपनि अझै १४ लाख ३० हजार आफ्नो अझै पनि तिर्न बाँकी रहेको हुँदा त्यो रकम नगरपालिकाले तिर्नुपर्ने उहाँले माग गर्नुभएको छ ।

सल्यानन्युजका प्रतिनिधि संग डिसिले लेखेर दिएको कागजमा तत्कालीन सरकारले बजेट विनियोजित गर्ने आश्वासन दिएकोले आफुले उधारोमा काम गरेको तर पछि रकम नगरबाट नपाउदा आफुमा तिर्नुपर्ने दायित्व आएकोले आफु अनसनमा बस्नुपरेको उहाँले उल्लेख गर्नुभएको छ ।


डिसी ले आइतबार अर्थात भोलि ३ गते सम्म पनि नगरले वार्ता समिति गठन नगरेर आफ्नो मागबारे ब्यवास्था गरे भोलि साँझ ७ बजे बागचाैरबाट निस्केर काठमाडौं सम्म गएर भएपनि आफु अनसन बस्ने बताउनुभयो ।


यता बागचौर नगरपालिकाले अहिले बजेट अपुग भएकोले पुरानो भुक्तानी दिन नसकेको जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार, ,  ४ : ०० बजे

प्रतिक्रिया दिनुहोस्