हामी परिक्षण प्रसारणमा छौ



दाङ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ।

अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दावी पेश गर्नकालागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । सोही बमोजिम विहीबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले काँग्रेस संसदीय दलका नेता समेत रहनुभएका चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

आजै मुख्यमन्त्री चौधरीलाई काँग्रेस, माओवादी केन्द्र सहितका ८ दल र एक स्वतन्त्र सांसदसहित जम्मा ५३ सांसदले प्रदेश प्रमुख अमिक शेरचन समक्ष चौधरीलाई समर्थन गर्दै दावी पेश गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्