हामी परिक्षण प्रसारणमा छौ



सल्यान । “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बैंकले शनिबार सल्यानको श्रीनगरमा ग्राहकमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा,सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधाबारे जानकारी दिने गरि वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

शनिबार मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा सल्यानका प्रमुख शिव प्रशाद कुमाइ को अध्यक्षता तथा जेष्ठ नागरिक ८३ वर्षिय सुन्तली केसी को प्रमुख अथितीमा सल्यानको श्रीनगरमा कार्यक्रम सप्पन्न भएको छ। क्रममा मुक्तिनाथ बिकास बैंक को श्रीनगर शाखा सल्यानमा आज भएको बैंकिङ साक्षरता कार्यक्रममा सल्यान श्रीनगर शाखाका प्रबन्धक शिव प्रशाद कुमाइ ले कार्यक्रमबारे प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा बुद्धिजिबि, स्थानीय बासिन्दा,समाजसेवि लगायत बैंकका सम्पुर्ण कर्मचारीहरुको समेत सहभागीता रहेको श्रीनगर शाखा का कर्जा बिभाग प्रमुख हरि प्रकाश वलीले जानकारी दिनुभयो ।

बैंकले आयोजना गरेको आकको कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने मुख्य उदेश्य बैंकले लिएको श्रीनगर शाखाले जनाएको छ । आज सम्पन्न कार्यक्रमको सहजीकरण श्रीनगर शाखा का कर्जा बिभाग प्रमुख हरि प्रकाश वलीले गर्नुभएको थियो।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार, ,  २ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्