हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो जारी हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । 

आइतबार (आज) दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले जारी रहेको पहिलो हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। चालु अधिवेशन अन्तर्गत हालसम्म १५ वटा बैठक बसेका थिए । मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष अधिबेशन अन्त्यको सिफारिस पत्र बुझाउनु भएको थियो । 

सोही बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले आइतबार साँझ संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि नै अधिवेशन अन्त्य गर्नुभएको छ। 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार, ,  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्