हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानको बागचौरमा विषादी सेवन गर्दा एक १२ वर्षीय बालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका-४ लौराबाङ निवासी १२ वर्षीय रबिन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । 

आमा र दाईसँग बारीमा काम गर्ने क्रममा सामान्य विवाद हुँदा रबिनले घरमा आएर नुभान नामक विषादी सेवन गरेको उनको परिवारले जनाएको छ । विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देख्ने बित्तिकै पुनलाई  सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा लगिएको थियो।

पुनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा रबिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार, ,  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्