हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्लाको श्रीनगर बजारमा बिहीबार एकैरातमा ४ स्थानमा चोरी तथा तोडफोडको घटना भएको छ ।

जिल्लाको शारदा नगरपालिका-१,श्रीनगर बजारस्थित तल्लो काउन्टर नजिकका ज्ञान बहादुर खड्काको घरको तल्लो तलामा कोठा गरी बस्ने कृष्णा कुमारी बुढाथोकीको कोठामा कोही नभएको अबस्थामा घरको पछाडिबाट भित्र पसी कोठाको ताला तोडि दराजमा राखेको ८ आनाको सुनको झलर, ४ आनाको सुनको तिलहरी र नगद ३५ हजार चोरी भएको पीडितले जानकारी दिनुभएको छ ।

गएराति श्रीनगरमा रहेको नेशनल लाईफ इन्सुरेन्स को शाखा कार्यालयको ताला तोडि अपरिचित ब्यक्तिले घर्रा भित्रको ४९ हजार चोरी गरेको छ। यसैगरी सोही घरको तल्लो तलामा रहेको टेकमाईन नेटवर्कको अफिस समेत चोरी गर्ने प्रयास गरेपनि खास क्षति नपुराएको  सल्यान प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सल्यान श्रीनगरमै रहेको युनियन लाईफ ईन्सुरेन्स कम्पनीको शाखा कार्यालयको ढोकाको ताला तोडेको भएपनि चोरी भएको छैन।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले चोरी गर्ने व्यक्तीहरु हालसम्म फेला नपरेको र घटनामा जोडिएका ब्यक्तिको खोजि कार्य तीब्र पारिएको जानकारी दिनुभयो ।(सांकेतिक तस्वीर)

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार, ,  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्