हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै दक्षिण कोरियाको एलजी कम्पनीले इलेक्ट्रोनिक मास्क बजारमा ल्याएको छ । एलजीले कम्पनीका अनुसार यो मास्क पोर्टेबल एयर प्युरिफायर फेस मास्क हो ।

विभिन्न समयअनुकुल फिर्चसलाई समावेश गरिएको यस मास्क कोरोना भाइरसबाट जोगिनको लागि उचित हुने कम्पनीको दाबी छ । एलजीले यसको विश्व बजार तथा नेपाली मूल्य सम्बन्धमा अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।

एलजी इलेक्ट्रोनिक मास्कका विशेषता ?

-यो मास्कमा सेन्सरहरू जडान गरिएको छ ।
-यसमा दुई वटा फ्यान भएकोले स्वास लिनु भन्दा पहिला हावालाई फिल्टर गरेर शुद्ध बनाउने काम गर्छ ।
-मास्क लगाएको समयमा नाक र मुखबाट निस्कने छिटाहरुलाई पनि यसले रोक्ने काम गर्छ ।
-प्रयोगकर्ताहरुले मास्क घण्टौंसम्म लगाउँदा समेत केही नहुने र थकानको महसुस समेत नहुने किसिमको छ ।
-मास्कलाई लो मोडमा झण्डै ८ घण्टा र हाई मोडमा २ घण्टाजति प्रयोग गर्नको साथै मास्कलाई एपबाट पनि नियन्त्रण गर्न सकिन्छ ।
-मास्कमा युभीएलइडी समेत जडीत भएकोले अनावश्यक जीवाणुहरू हटाउन र त्यसबाट जोगाउन मदत गर्छ ।
-यसको प्रमुख विशेषता भनेको यो मास्क इलेक्ट्रोनिक भएकै कारण यसलाई चार्ज गर्दै चलाउन समेत सकिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्