हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्नुभएको छ ।मन्त्री ज्वाला सहित विश्व बैंकका उच्च अधिकारीसहितको उक्त टोलीले शुक्रबार नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामको प्रगति समेत स्थलगत अनुगमन गरिरहेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।

टोलीले मुग्लिनसम्मको सडकको अवस्थाबारे समेत जानकारी लिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको उक्त अनुगमनका क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा हालसम्म भएको प्रगति र अहिलेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

दुई दशमलव ६८ किलोमिटर लामो सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । हाल यस स्थानमा नौ मिटर र चार मिटरका दुई सुरुङको निर्माण भैरहेको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार, ,  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्