हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।संघीय सरकारले यसपटक सल्यानका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै बागचौर नगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट बागचौर नगरपालिकालाई र कम सल्यानको सिद्धकुमाख गाउँपालिकालाई छुट्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सल्यानका पालिकाहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान)गरि छुट्याएको हो ।

यसैगरी राप्ती लोकमार्गको लागि भनेर सरकारले ९० करोड बजेट छुट्याएको छ।

हेर्नुहोस् सल्यानका १० स्थानीय तहको आर्थिक बर्ष २०८९/८१ को  बजेट:

१.बागचौर नगरपालिका : ४६ करोड १६ लाख
२.शारदा नगरपालिका: ४५ करोड २७ लाख
३.बनगाड कुपिन्डे नगरपालिका: ४३ करोड १९ लाख
४.कुमाख गाउँपालिका: ३५ करोड ६७ लाख
५.कालिमाटी गाउँपालिका: २९ करोड ९७ लाख
६.छत्रेस्वरी गाउँपालिका: ३५ करोड २९ लाख
७.दार्मा गाउँपालिका:२९ करोड ५६ लाख
८.कपुरकोट गाउँपालिका: २७ करोड ८० लाख
९.त्रिबेणी गाउँपालिका : २७ करोड १६ लाख
१०.सिद्ध कुमाख गाउँपालिका : २१ करोड ८६ लाख

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार, ,  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्