हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सरकारसँग विगतमा भएका सम्झौता अनुसार आफ्ना माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत सल्यानका कर्मचारीहरू आन्दोलमा उत्रिएका छन्।

गत जेठ १५ गते बजेटमा समेत आफूहरूको माग सम्बोधन नगरिएपछि आन्दोलन पुनः सुरु गरिएको सुरु गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति सल्यानका अध्यक्ष मदन बस्नेतलेले जानकारी दिनुभयो । विद्यालय कर्मचारीका रूपमा कार्यरत लेखापाल र कार्यालय सहयोगी  शिक्षा विकास तथा समन्वय इकाईको मूल गेटमा पुगेर धर्नामा बस्ने केन्द्रीय कार्यक्रम अनुसार कर्मचारी धर्नामा बसेका छन्।

सरकारले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई विभेद र न्यून वेतनमा काम गर्न बाध्य पारेको जिल्ला अध्यक्ष मदन बस्नेतको भनाइ छ। उहाँले भन्नुभयो ‘परिषद्ले ठुलो संघर्ष गरेको सन्दर्भमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिने छ।तर बजेट वक्तव्यमा सम्बोधन नगरेका कारण आफूहरू आन्दोलित हुनुपरेको अबस्था  छ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्