हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले पालिकामा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लाई स्वागत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान गर्नुभएको छ । नगर उप प्रमुख सुस्मिता सापकोटा सुनार लगायत विषयत शाखाका प्रमुखहरुको उपस्थितीमा शोमबार उहाँहरुलाई स्वागत र सम्मान गरिएको हो ।

शारदा नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जेठ १७ गते देखि पदभार ग्रहण गरि कार्य प्रारम्भ गर्नु भएका नेपाल सरकारका उप सचिब हिमाल गौतमलाई नगर प्रमुख प्रकाश भण्डारीले फुलमाला र बधाई पत्र सहित स्वागत गर्नुभयो । त्यस्तै २०७८ साउन देखि २०८० जेठ १६ गते सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी बहन गर्नुभएका लिलाधर बबाललाई कार्यकालमा गरेको कामको उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गर्नु भयो ।

स्वागत र सम्मान कार्यक्रम पश्चात बोल्दै उहाँले नगरपालिका समृद्ध बनाउने महाअभियानमा कर्तव्यनिष्ट भएर आफ्नो जिम्मेवारी बहन गर्न प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतम लाई आग्रह गर्नुभयो, त्यसका लागि हातेमालो गर्ने उहाँले बताउनु भयो ।कठिन परिस्थितीमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरको प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निभाउनु भएकोमा लिलाधर बबाललाई धन्यवाद दिदै निरन्तर साथसाथै अघि बढ्ने नगर प्रमुखले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतमले आफ्नो जिम्मेवारी कटिबद्ध भएर निभाउने र त्यसका लागि सबै संग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले आफुले थप उर्जाका साथ आगामी दिनमा काम गर्ने बताउनु भयो ।

कार्यक्रममा विषयगत शाखाका प्रमुखहरुले यो आर्थिक वर्षमा हाल सम्म भएका कार्य प्रगति विवरणको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन नगर प्रमुखका संचार सल्लाहकार योग राज विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार, ,  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्