हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले आउँदो कार्यकालका लागी हुन गइरहेको चुनाबमा अध्यक्षमा आफु नै अघि सर्ने बताएका छन् ।

सल्यानन्युज सँगको विशेष कुराकानीमा खत्रीले तुलसीपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि आफु नै सक्षम रहेको भन्दै अध्यक्षको उम्मेदवारीको तयारी गरेको जनाएका छन् । उनले आफु उद्योग वाणिज्य संघमा  झण्डै ७ बर्षदेखि विभिन्न समयमा फरक फरक जिम्मेवारीमा रहेर काम गरेको अनुभव र सबैको सल्लाहमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको जनाएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार, ,  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्