सल्यान ।सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ मा व्हील चेयर निशुल्क वितरण गरिएको छ।बिहीबार विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र र कर्णाली प्रदेश पुनः स्थापना केन्द्र कार्यालका प्रमुख होमराज के .सी ले बागचौर नगरपालिका वडा न:४ मा तिन वटा व्हील चेयर निशुल्क दिनुभएको हो।
उक्त तिन थान व्हील चेयर शारीरिक अशक्ततालाई मध्यनजर गरि सोही वडाका गोबिन्द पुन( भिरिगाउँ ),तिलक वली( डाँडागाउँ )र बामदेव पुन (अम्रेखोला )लाई वितरण गरिएको वडा अध्यक्ष कृष्ण बस्नेत ले जानकारी दिनुभयो ।व्हील चेयरको सहयोगले आफुहरुलाई आवतजावत गर्न सहजता प्रदान हुने गोबिन्द पुनको भनाइ रहेको छ।
Error generating audio.