हामी परिक्षण प्रसारणमा छौ



दाङ ।दाङमा युवाको पहलमा एक असक्त परिवारको घर निर्माण गरि हस्तान्तरण गरिएको छ।

दाङको शान्तिनगर गाउँपालिका-३,माइलीपानीमा निर्माण गरिएको उक्त नयाँ घर शारीरिक रुपमा अशक्त एवम् आर्थिक रुपमा एकदम कमजोर तुलसी विकको परिवारलाई मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।

सयपत्री दोहोरी घरका संचालक समेत रहनु भएका समाजसेवी तथा पत्रकार दिपक वलीको पहलमा निर्माण गरिएको उक्त घर एक कार्यक्रमका बिच विक परिवारलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेतले अपाङ्ग तथा वेसहारा परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको प्रति सम्पुर्ण टिमलाई धन्यबाद दिदै आवश्यक परेमा पालिकाको तर्फबाट सक्दो सहयोग गर्न आफुहरु सधैं तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष बस्नेतले तुलसीको नयाँ घरमा विद्युत जडानका लागि विद्युतिय मिटरमा सहयोग गर्ने समेत बताउनुभयो । यस्तै गाउँपालिकाले तुलसीको घरसम्म खानेपानी विस्तारमा पनि सहयोग गर्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता जनाउनुभएको छ ।

यसैगरी सामाजिक पुर्ख्यौलि घर बागचौर नगरपालिका -४   घारीखोला निवासी अभियान्ता तथा पत्रकार दिपक वलीले सामाजिक काम गर्न हौसला दिने प्रति आफु नतमस्तक रहेको र आगामी दिनमा यस्तै कामलाई थप निरन्तरतामा लाग्ने बताउनु भएको थियो।

घर हस्तान्तरण कार्यक्रममा बोल्ने अन्य सहभागी वक्ताहरुले पनि अशक्तको घर निर्माणको नेतृत्व गर्ने दिपक वली लगाएत सहयोगि दाता सबैलाई धन्यबाद दिदै आगामी दिनमा यस्तै दिनदुखी तथा आर्थिक रुपमा कमजोर रहेका पारिवारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । दियालो अनलाइनका सम्पादक केबी वलीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार, ,  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्