हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको शुद्धशान्तिमा गएका १०० बढी स्थानीय बिरामी भएका छन् ।

बागचौर नगरपालिका वडा नम्बर-४,का वडा अध्यक्ष कृष्ण बस्नेतका अनुसार केहि दिन अघि निधन भएका एक स्थानीयको घरमा आइतबार शुद्धशान्ति मा खाना खाएका सबैजसो बिरामी भएका हुन् ।

बिरामी भएका धेरैजसो वडा नम्बर-४,कै कोलडाडा,काकरबिया लगायतका टोलका स्थानीय बासी रहेका छन् ।बिरामी भएका हरुमा एउटै लक्षण (ज्वरो,पखाला,पेट दुख्ने,बान्ता हुने समस्या)देखापरेको बागचौर नगरपालिका स्वास्थ्य शाखा संयोजक एक राज केसीले जानकारी दिनुभयो ।

हालसम्म वडा नम्बर का ८१ र वडा नम्बर १२ लगायत अन्यत्र यहि प्रकृतिका सोही घरमा आइ खाना खाएका २० जनालाइस्वास्थ कर्मिद्वारा उपचार तथा परामर्श गरेको र अलि जटिल खालका बिरामिहरुलाइ स्वास्थ्य चौकी सम्म ल्याउन गाडिको समेत ब्यबस्था गरियको वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो।उहाँका अनुसार थप औषधि को लागि नगरपालिकालाई समेत जानकारी गराइएको

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार, ,  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्