हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले वडामा रहेका जेष्ठ नागरिकलाई छाता वितरण गरेको छ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत छाता बितरण कार्यक्रम सफलता साथ सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार ७० बर्ष भन्दा बढी उमेरका जम्मा १४० लाभग्राही मध्ये १०५ जनालाई आज छाता बितरण गरिएको छ ।

आज छुटेका लाभग्राही हरुले आइतबार वडा कार्यालयमा आइ छाता लिन सक्ने वडा सचीव भिम बहादुर वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार, ,  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्