हामी परिक्षण प्रसारणमा छौ



सल्यान,दार्मा।सल्यानको दार्मा गाउँपालिकाले ४४ करोड बढीको बजेट ल्याएको छ ।  गाउँपालिकाको १३ औं अधिवशेनबाट  उत्पादनमा वृद्धि  दार्माको सम्मृद्धि मुल नाराका साथ  आर्थिक वर्ष  २०८०र८१  कुल अनुमानित रकम रु ४४ करोड ४ लाख ७ हजार २०० बराबरको बजेट ल्याएको हो । 

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३३ करोड ९८ लाख ४ हजार ,केन्द्र तथा प्रदेस सरकार राजस्व बाँडफाँडबाट रु ८  करोड ११ लाख ३ हजार   दार्मा गाउँपालिका आन्तरिक आय रु ३५ लाख  र अघिल्लो वर्षको वैक मौजातबाट रु १ करोड ६० लाख प्राप्तहुने  अनुमान गरिएको छ।   

सभाले करार कर्माचारीको तलब घटाएको छ । श्रेणि विहिन कर्मचारीको २० प्रतिशत ले घटेर तलभ १६,३८० बनाएको छ  ।  योभन्दा अगाडि २०,२३० तलब पाउँदै आएका थिए ।
यस्तै चौथो तहका कर्माचारी को तलभ २७ प्रतिशत ले घटेर १९,८८० भएको छ यस अगाडि  २७,६०० रहेको थियो  ।पाँचौ तहका कर्मचारी को तलभ २२७८० छैटौ ३१८९० हुने भएको छ । यस्तै स्वयम सेवक शिक्षको तलभ ५ प्रतिशतले घटेको छ ।
आउँदो आर्थिक वर्षमा मा वि शिक्षक ले २१८५० नि मा वि शिक्षक ले १९५५०  र प्रावि शिक्षकले  १९००० पाउने छन ।सभाले आर्थिक बर्ष २०८०  र०८१ को वजेटका ११ प्रथामिकताका क्षेत्रहरुमा वजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार, ,  ३ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्