हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानकाे बागचाैर नगरपालिकाले आज नगरका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस कार्यक्रम गरेर मनाइएको छ ।

‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ मुल नाराका साथ बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम नगर भित्रका विभिन्न स्थानमा धान राप्ने कार्यक्रममा सहभागी हुनुभयो ।

जनकल्याण नमुना माध्यमिक विद्यालयकाे आयोजनामा भएको धान राेप्ने कार्यक्रममा सहभागी भई विद्यार्थीहरु उहाँले धान समेत संगै धानरोप्नु भएको थियो । जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालयको आफ्नै कार्यक्रम सिक्दै कमाउँदै अन्तर्गत धान दिवसको अवसरमा धान रोपाई गरेका हुन् ।

सिकाइलाई श्रम, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई आम्दानी सँग जोड्ने उद्देश्य अनुरुप स्वराेजगारमूलक शिक्षामा जोड दिएको विद्यालयले विद्यालयकाे ८० राेप्नी जमिनमा तरकारी, फलफूल र धान उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार, ,  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्