हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।दैनिक उपभोग्य बस्तु,म्याद गुज्रिएको वस्तुको बिक्री वितरण भए नभएको बारे जानकारी लिन अनुगमन गरिएको हो ।

सोमबार सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक रामबहादुर बस्नेतको नेतृत्वमा पालिका भित्र रहेका मुख्य ब्यापारीक केन्द्र मोखला बजार, पटारे बजार, चाख्लीघाट बजार र ढोरचौर बजार अनगुमन गर्दाकिराना पसलबाट तिन सय ३४ लिटर पेट्रोल बरामद गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनकै क्रममा म्याद गुज्रिएको भुजा ४९ प्याकेट, चिजवल ४८ प्याकेट, चार बोतल सस, मसला ४२ प्याकेट, बिस्कुट २१ प्याकेट बरामद गरिएको छ। २५ भन्दा बढी पसलहरुको अनुगमन गर्दा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको पालिकाको भनाइ रहेको छ।

गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक रामबहादुर बस्नेतले भन्नुभयो,‘पालिका भित्रका विभिन्न स्थानका पसल अनुगमन गर्दा हेर्दा राम्रो देखिए पनि केही पसलमा तौलका ढकहरुमा खिया लागेको, व्यवसाय दर्ता नगरेको, खाध्य सामानको मूल्यसूची नराखेको पाइएकोले उपभोक्ताले ध्यान दिन जरुरी छ।’

बस्नेतले चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि मात्र नभै बर्षको कम्तीमा चार पटक अनुगमन गर्ने तयारी रहेको बताउनुभयो । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसाय दर्ता प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न समेत व्यवसायीलाई निर्देशन दिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार, ,  ५ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्